जापान भ्रमणमा रहेकी लोकदोहोरी गायिका अमृता सिर्पालीलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले माग गरेको छ। सांगितिक कार्यक्रमको सिलसिलमा जापानमा रहेकी बेनी नगरपालिका वडा नं ३ भकिम्लीकी सिर्पालीलाई धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक धन थापाले विभिन्न किसिमका टर्चर दिने गरेको तथा भौतिक आक्रमणमै उत्रिएपछि ज्यान जोगाएर भागेको खवर बाहिरिएपछि मोनाले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

‘घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडित गायिकालाई न्याय दिलाउन जोडदार माग गर्दछौ,‘यो घटनाले मोना जापान दुखी भएको छ’ जारी विज्ञप्तीमा भनिएको छ । मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ र महासचिव गणेश श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘दोहोरी साँझको नाममा नेपालबाट कलाकार बोलाएर यस्ता हर्कत विगतमा पनि गर्दै आएको बुझिएकोले निजको नियत मै खोट रहेको घटनाक्रमहरुबाट प्रष्ट हुन्छ’ ।

गायिका श्रीपालले आफुमाथि हातपात तथा यौनजन्य दुर्ब्यवहार हुनुका साथै ज्यान मार्ने धम्की आएकोले न्यायिक सुरक्षा पाउँ भनि निवेदन पर्न आएको भन्दै मोना जापानले विज्ञप्तीमार्फत संस्थागत धारणा सार्वजनिक गरेको हो । पीडित श्रीपाललाई जापान ल्याउने ओसाका कोबेस्थित धौलागिरी दोहोरी साँझका सञ्चालक धन थापा भएको बताईएको छ । सामाजिक एवं न्यायिक सुरक्षाको ग्यारेन्टी भएको देश जापानमा बस्दै गर्दा त्यो हदको ज्यादतीको जति नै निन्दा गरे पनि थोरै हुने ब्यहोरा स्पष्ट पार्न चाहेको मोना जापानका अध्यक्ष श्रेष्ठले बताए ।

एकपटक होइन पटक–पटक ज्यान मार्ने धम्की दिने निज थापाबाट ज्यान जोगाउन पीडित गायिका श्रीपाल भागेर ज्यान जोगाउनुपर्ने खवरले कथित दोहारी साँझका सञ्चालकले योजनाबद्ध तरिकाले घटना घटाएको हुनसक्ने म्याग्देलीको आरोप छ । गायिका श्रीपाल संगै ओसाकास्थित धौलागिरी दोहोरी साँझमा तीजको पूर्वसन्ध्यामा गएकी थिईन् ।

Leave a Reply