मंगोल नेशनल अर्गनाइजेशनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवार टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालयमा भएको बैठकबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ओमराज मगरको नाम सिफारिस गरिएको छ ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकम सिवाङ निवासी ३१ बर्षिय मगर फुलकन्त्याक काराँते खेलबाट अन्तरास्ट्रिय खेलमा सहभागी भएका खेलाडी समेत हुन् । उनले आफ्नो मत सहितको भिजन प्रस्तुत गरेपछि प्रतिस्पर्धामा रहेका अन्य प्रतिस्पर्धीले समेत समर्थन गरीपछि एकल सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशसभा क को प्रत्यक्षतर्फ रामबहादुर गर्बुजा, प्रदेशसभा ख को प्रत्यक्षतर्फ कुल बहादुर फगामी,मन बहादुर मगरको उम्मेदवारी सिफारिस गरिएको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताए । उनका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा रन बहादुर फगामी, प्रदेशसभातर्फ एलिना शेरपुञ्जा पुर्जा, नरबहादुर थापा र मिनु थापालाई सिफारिस गरिएको छ । उम्मेदवार सिफारिससँगै पार्टीले चुनावी रणनीति सहितका कार्यक्रमहरु समेत तय गरेको जनाएको छ ।

बेनी नगरपालिका–७,बिरेन्द्रचोक पार्टी कार्यालय रहेको मंगोलले चुनवाी अभियानलाई गएको स्थानीय तहका कमीकमजोरीबाट पाठ सिक्दै थप सशक्त बनाउने बताएको छ । पहिलोपटक स्थानीय तहको चुनावी मैदानमा उत्रिएको मंगोल नेशनल अर्गनाइजेशनले स्थानीय तहमा जित्न नसकेपनि निरन्तर संगठनमा आर्कषण बढेको जनाएको छ ।

Leave a Reply