नेकपा(माओवादी केन्द्र) म्याग्दीको विस्तारित बैठकमा आसन्न प्रदेश र संघीय निर्वाचनमा एक दर्जन बढी नेताहरुले उम्मेद्वार बन्न आकांक्षा राखेका छन् । बेनी नगरपालिका–४ सिगामा दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न संघ र प्रदेश तर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुले आफ्नो दावि प्रस्तुत गरेका थिए ।

आसन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा गोविन्द पौडेल, रेशम जुग्जाली, विनोद केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न आकांक्षा राख्नुभएको छ । त्यसैगरी प्रदेश सभा ‘क’ मा हरिबहादुर भण्डारी, धनलाल जैसी, बागविर पाईजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न दाबी प्रस्तुत गर्नुभएको छ भने प्रदेश सभा ‘ख’ मा रेशम जुग्जाली, झक बहादुर छन्त्याल, खुमनाथ सुवेदी, चन्द्रप्रसाद बुढाथोकी, र अर्जुन थापाले उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेको बताइएको छ ।

त्यसैगरि समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर बिक, यमन रोका, गौरी सेन्चुरी र सुकमायाँ रोकाले उम्मेदवार बन्न आकांक्षा राख्नुभएको छ । बैठकले भदौ २० गतेभित्र जिल्लाका ६ वटै स्थानीय तहमा पालिका स्तरीय विस्तारित बैठक गर्ने र भदौ महिनाभित्रमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले अन्नपूर्ण गाउँपालिकाको इन्चार्जमा बागविर पाईजा र अध्यक्षमा थमबहादुर विकलाई जिम्मेवारी दिनका लागी प्रदेश समितिमा सिफारिस गर्ने निर्णय समेत गरेको जिल्ला संयोजक सुविन जुग्जालीले जानकारी दिनुभयो । माओवादी केन्द्रले पालिकास्तरीय भेला सहित थप प्रशिक्षण सहितका तालिका समेत तय गरेको छ ।

Leave a Reply