खराब मौसमका कारण दुर्घटनाग्रस्त तारा एयरकाे जहाज खाेज्न गएकाे नेपाली सेनाकाे हेलिकप्टर फर्किएपछि अहिले नेपाली सेनाको टोली पैदल त्यसतर्फ गएकाे छ । यति एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले नेपाली सेनाको टोली म्याग्दीबाट घटनास्थल तर्फ लागेको बताए । नेपाली सेनालाई घटना भएको भनिएको ठाउँमा पुग्नलाई करिब साढे २ घण्टासम्म लाग्न सक्ने उनकाे भनाइ छ ।

संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको बताएका छन् । उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ तर जान सकिएको छैन ।

’ दुर्घटना क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ । जहाज दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न नसकिएको कँडेलले बताए । तर, सरकारी निकायहरूले भने अहिलेसम्म जहाज दुर्घटना भएको पुष्टि गरेका छैनन् ।

Leave a Reply