तीन दिनदेखी रोकिएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामामत गणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले अन्नपूर्ण गापा–३ मा पुनःमत गणना गर्नु नपर्ने अवस्था देखिएकाले आवश्यक सुरक्षा ब्यवस्था मिलाई मतगणनालाई अगाडी बढाउन आदेश दिएको हो ।
निर्वाचन आयोगले पठाएको पत्रमा निर्वाचन अधिकृतको कार्यालय अन्नपूर्ण गापालाई गरिएको निर्देशन उल्लेख छ, ‘मतगणना भएका वडामा पुनः मतगणना गर्नु पर्ने नदेखिएकोले मतगणना कार्य सुचारु गर्न र प्रमुख जिल्ला अधिकारीलाई ‘मतगणना स्थलको आवश्यक सुरक्षा ब्यवस्था मिलाउन’ आवश्यक निर्देशन दिने उल्लेख छ ।
३ नम्बर वडाको घोषित मतपरिणामलाई लिएर काँग्रेसले विवाद झिकेपछिको थियो । विवादपछि निर्वाचन अधिकृत, काँग्रेस, एमालेका जिल्ला नेतृत्व तथा स्थानीय नेतृत्व, प्रमुख जिल्ला अधिकारी समेत सुरक्षा अधिकारीहरु सम्मिलिन सर्वपक्षिय बैठकमा मतगणना सुचारु गर्ने विषयमा सहमती नजुटेपछि निर्वाचन आयोगलाई लेखी पठाउने निर्णय भएको थियो ।
कानुन र विधीपूर्वक भएको मतगणना रोकिएको घट्नामा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले सोमबार प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानासमेत जिल्लाको सुरक्षा संयन्त्रको शंसयपूर्ण ब्यवहार प्रति विरोध गरेको थियो ।
एमालेले अन्नपूर्ण गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय, मतगणना स्थल र मतगणनामा संलग्न कर्मचारी तथा मतगणना प्रतिनिधीहरु सवै असुरक्षित रहेकोले भरपर्दो सुरक्षा ब्यवस्थाको सुनिश्चिता गर्न नसके सवै मतपेटिका सदरमुकाम पुर्याुएर मतगणना गर्नु पर्ने माग गरेको थियो ।