आउँदो शुक्रबार हुन गैरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासन म्याग्दीले जिल्ला मदिरा निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाको हस्ताक्षरमा जारी आदेश मंगलवारदेखि निर्वाचनको परिणाम घोषणा नभएसम्म सक्रिय रहने जनाइएको छ ।

चुनावको मुखमा मतदातालाई प्रभावित बनाउने तथा मदिरा सेवन गरी अराजग गतिविधिमा संलग्न हुने जोखिमलाई मध्यनजर गदैं जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।

स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मदिराजन्य पदार्थको बिक्री बितरण र सेवनबाट पर्न सक्ने असरलाई मध्यनजर गरि उक्त आदेश जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा राजनीतिक दलका कार्यकर्तादेखि मतदाता भड्काउन समेत मदिराको प्रयोग हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वपछि सबैभन्दा धेरै मदिरा खपत निर्वाचनको समयमा हुने गरेको बिक्रेता बताउँछन् ।

Leave a Reply