निर्वाचन कार्यालय म्याग्दीले सदरमुकाम बेनीमा गरेको नमुना मतदानमा १ मत पूर्णरुपमा र आंशिक १९ मत बदर भएको छ। बदर मत कम गर्ने उद्देश्यले गरिएको मतदानमा नगरप्रमुख,उपप्रमुखमा, वडा अध्यक्ष सहित सबै पदमा १ तथा बेनी सामुदायिक मावि मतदान केन्द्रमा विद्यार्थी,सरोकारवाला निकायको उपस्थितमा भएको मतदानमा १ सय ८ जनाले सहभागिता जनाएको निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले बताउनुभयो ।

‘मतदाता शिक्षालाई सबै पक्षले विषेश ध्यान दिनुपर्छ,‘बजारमै मत बदर हुनु दुःखद् रहेको भन्दै ग्रामिण क्षेत्रमा शिक्षालाई प्रभावकारी बनाउनुपर्छ’ घिमिरेले भन्नुभयो । नमुना मतदानमा बेनी सामुदायिक विद्यालयका विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो भने अन्य सरोकारवाला निकायका प्रतिनिधि, सर्वसाधारणले समेत मतदान गरेका थिए ।

मतदानको क्रममा वडा सदस्यमा मतदाता झुक्किएको निर्वाचन कार्यालयले जनाएको छ । यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक रहेको बताइएको छ । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ।

स्थानीय निर्वाचनमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ। मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ। यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण मत चिह्न फरक–फरक समेत रहेकाले समेत गठबन्धनलाई समेत मतदाता शिक्षामा धेरै ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

Leave a Reply