बेनी नगरपालिका-६,मा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी भएका उम्मेदवारले प्रत्येक घरमा पुगेर आफ्नो पाँच बर्षे प्रतिबद्धता मतदातामाझ राख्ने काम भइरहेको वडा सदस्यका उम्मेदवार रोमन्त बानियाँले बताउनुभयो ।

वडा भित्रका प्रत्येक टोल,घरधुरीका समस्याहरूलाई प्राथमिकतामा राखेर समेत योजना बनाउने प्रतिबद्धता जनाएको वडा अध्यक्षका प्रत्यासी नगेन्द्र खत्रीले बताउनुभयो । ‘‘हामीले आश्वासन होईन, हरेक प्रतिवद्धता पूरा गछौं’ खत्रीले भन्नुभयो । उहाँले जनप्रतिनिधि वापतको तलबसुविधा सहित अन्य सेवाहरुलाई समेत समुदायस्तरमा खर्च गर्ने तथा शिक्षा, स्वास्थ्य, सामाजिक कार्यलाई प्राथमिकतामा राखेर योजना बनाउने बताउनुभयो ।

समुदायको राय, सल्लाह बाहेक कुनैपनि योजना नबनाउने गठबन्धका साझा उम्मेदवारको प्रतिबद्धता रहेको छ । बेनी नगरपालिकामा मेयर र उपमेयर सहित पाँच वडामा चुनावी तालमेल गरिएको छ ।

Leave a Reply