बेनी नगरपालिकाको उपमेयरमा एउटै वडाका ४ जन महिलाको उम्मेदवारी परेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका–६,बाट उपमेयरमा मनोनयन दर्ता सँगै गाउँमा चहलपहल सुरू भएको छ । नेकपा एमालेकी पशुपति शाही, नेपाली कांग्रेसकी अमृतदेवी बानियाँ, नेकपा माओवादी केन्द्रबाट ज्योति लामिछाने, र एकिकृत समाजवादीबाट मुना बानियाँ चुनावी मैदानमा आएपछि चर्चा सुरू एको हो ।

एकिकृत समाजवादीबाट उपमेयरमा प्रतिस्पर्धा गर्नुभएकी बानियाँ म्याग्दीमा अब्बल महिला नेतृको रुपमा चिनिनुहुन्छ । नेकपा एमालेबाट विद्रोह गरी समाजवादीमा सक्रिय बानियाँको राजनीतिक योगदानको यात्रा लामो छ । एमाले राजनीतिमा सक्रिय भएपनि अवसरमा सधै पछाडी पर्नुभएकी नेतृ बानियाँ यसअगाडी नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।

एमालेबाट प्रदेश सांसदको सूचीमा, अघिल्लो स्थानीय तहको निर्वाचनमा उपमेयरकै चर्चामा समेत हुनुहुन्थ्यो । पार्टीको केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज हुनुहुन्छ । २०४८ साल देखि नेकपा एमालेको राजनीतिमा सक्रिय बानियाँ जिल्लाको स्थापित महिला नेतृ हुनुहुन्छ ।

बानियाँ जस्तै उपमेयरको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ लामिछाने अघिल्लो स्थानीय तहको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । म्याग्दीमा सामाजिक एवम् महिला अधिकारको क्षेत्रमा लामिछानेको सक्रियता लोभलाग्दो छ भने नेपाली कांग्रेसकी बानियाँले समेत सहकारी, महिला अधिकार सहित महिला शसक्तीकरणको अभियानमा सक्रिय हुनुहुन्छ ।

हाल नेकपामा ओवादीको प्रदेश कमिटी सदस्य लामिछानेले अखिल क्रान्तीकारी बिद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो । २०६० साल देखि निरन्तर राजनीतिमा सक्रिय लामिछाने हाल विभिन्न संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । लामिछाने यस अघिको निर्वाचनमा उपमेयर पदमा नै ३४ मतले पराजित हुनुभएको थियो ।

नेपाली काँग्रेसको गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ । २०५४ सालमा वडा नम्वर ९ अर्थुङ्गेको वडा सदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गर्नुृभएको बानियाँ काँग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुईपटक महाधिवेशन प्रतिनिधि भईसक्नुभएको छ । साथी संस्था, लायन्स क्लव, महिला स्वयमसेवीका लगायतका भुमिका तथा जिम्मेवारीमा रहेर सामाजिक अभियन्ताको रुपमा सक्रिय बानियाँ सेवा र सशक्तिकरणका निम्ती उपमेयरमा आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

नेकपा एमाले बाट उपमेयरको उम्मेदवार बन्नु भएका शाही समेत महिला अधिकारको आन्दोलन सहितका गतिविधिमा सक्रिय हुनुहुन्छ । आन्दोलनमा अग्रमोर्चामा देखिनुहुने शाहीपार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेमसंघका जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला संजालकी जिल्ला अध्यक्ष हुनुहुन्छ ।

गाउँको सामुदायिक बन, बिद्यालय व्यवस्थापन समिति, आमा समुह, तथा विभिन्न संघसंस्थामा आवद्ध भई सामाजिक कार्यहरुमा क्रियाशिल शाही जनताको सेवा र नगरको समृद्धिका लागि उपमेयरमा उम्मेदवारी दिएको बताउनुहुन्छ ।सानै उमेरदेखि राजनीतिमा सक्रिय शाही निडर लिडरको पहिचान बनाउनुभएको छ । बेनी नगरको उपमेयरमा निकै प्रतिस्पर्धा हुने भएको छ ।

 

Leave a Reply