बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो ।
केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो ।
चारैजना उम्मेदवार सवल र योग्य देखिएपछि एमालेलाई टुङ्गो लगाउन सकस परेको थियो । विभिन्न प्राकृतिक प्रकोप तथा विपदको समयमा जिल्लाका नागरिकहरुको सेवामा समर्पित केसीलाई मेयरको उम्मेदवार बनाउन सामाजिक सञ्जालहरुमा समेत प्रतिक्रिया आइरहेका थिए ।