अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–७,मा रमेशकुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । बिहिबार पार्टी कार्यालयमा भएको छलफलमा वडा समितिका अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ ।

म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवम् बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय श्रेष्ठलाई उम्मेदवारमा अन्य आकांक्षी समेत सहमत भएका थिए । गएको निर्वाचनमा समेत वडा अध्यक्षका प्रत्यासी भएपनि पराजित हुनुभएको थियो । जिल्लामा सत्ता गठबन्धन बिचको तालमेलको सम्भावना न्यून भएको अवस्थामा कांग्रेसले धमाधम उम्मेदवार टुंगो लगाउन थालेको छ । बेनी नगरपालिका वडा नं १ मा दुई जना आकांक्षी भएकाले शुक्रबारसम्म टुंगो लगाइने छ ।

Leave a Reply