आसन्न स्थानीय तहको निर्वाचनमा मंगोल नेश्नल अर्गनाईजेशनबाट बेनपा –३ भकिम्लीमा वडा अध्यक्षको उम्मेदवार बन्नुभएका दिपक पुनलाई मातृशोक परको छ ।

पुनका ममतामयी माता बेनी नगरपालिका – ३ भकिम्ली चिनाखेत निवासी लालकुमारी  पुन मगरको बिहिबार निधन भएको हो । मुटुरोगबाट ग्रसित पुनको ५७ बर्षको उमेरमा भकिम्ली स्थित निबासमै मृत्यू भएको परिवारले जनाएको छ ।

स्वर्गीय पुन भकिम्ली ग्रामिण कृषि सहकारी संस्था लि. लगायत विभिन्न सामाजिक संघ÷संस्थामा आवद्ध हुनुहुन्थ्यो । सामाजिक गतिविधिमा सक्रिय पुन अगुवा महिला हुनुहुन्थ्यो ।

बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेका पुन चुनावी प्रचार लिएर जनताको घरदैलोमा पुग्ने तयारी गरिरहेको बेला आमाको निधन हुँदा पीडामा हुनुहुन्छ ।

आमाको असामयिक निधन पछि पुनले सामाजिक सञ्जाल फेसवुकमा भावुक स्टाटस राख्दै दुख व्यक्त गर्नुभएको छ । स्वर्गीय पुनका दुई छोरा र दुई छोरी रहेका छन ।

Leave a Reply