बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका-५ अर्मनको अध्यक्षमा भुपेन्द्र खत्रीलाई उम्मेदवार बनाएको छ । वडा कमिटीको बैठकले हालको वडा अध्यक्ष रहनुभएका खत्रीलाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरेको हो ।

बैठकले खुल्ला सदस्यमा गुप्त बहादुर रोका, दिल बहादुर थापा, खुल्ला महिला सदस्यमा भुमिसरा बुढाथोकी र दलित महिला सदस्यमा कविता बिश्वकर्मालाई उम्मेदवार चयन गरिएको छ ।  मंगलबार आसन्न निर्वाचनमा पालिका अध्यक्षका उम्मेदवार समेत रहनुभएका सतप्रसाद रोका लगायतका उपस्थितिमा उम्मेदवारको अन्तिम नामवली घोषणा गरिएको हो ।

विगत ५ बर्षमा पनि अर्मनमा कृषि, सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा राम्रा काम भएको अध्यक्षमा उम्मेदवारी दिएको खत्रीले बताउनुभयो ।२ वटा मतदान स्थल र ४ वटा मतदान केन्द्र रहेको मंगला – ५ मा ३ हजार ४ सय ६२ मतदाता रहेका छन ।

Leave a Reply