म्याग्दी बहुमुखी क्याम्पसले नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले नयाँ वर्षले क्याम्पसको गुणस्तर वृद्धिको अभियानमा थप सफलता मिलोस भन्दै शुभकामना दिनुभएको थियो ।

उहाँले क्याम्पसका सम्पुर्ण विद्यार्थी, पुर्व विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी, क्याम्पस सभाका सभासद, संस्थापक, संरक्षक, लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले म्याग्दी क्याम्पसलाई देशकै नमुना सामुदायिक क्याम्पस बनाउन प्रयासरत रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा सम्पुर्ण विद्यर्थीहरुको तर्फवाट वि.वि.यस दोस्रो वर्षकी एलिना लेपाली र वि.एड. प्रथम वर्षका काशीराम कंडेल, सम्पूर्ण प्राध्यापक कर्मचारीहरुको तर्फवाट प्राध्यापक संघका सचिव देवराज शर्मा र सम्पुर्ण विभागहरुको तर्फवाट मानविकी विभागका विभागीय प्रमुख भोलानाथ घिमिरेले अनफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।

क्याम्पस प्रमुख गोरख बहादुर जिसिको अध्यक्षता, सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको स्वागत तथा सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालको सञ्चालन आयोजित उक्त कार्यक्रमा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु गरी करिब ५ सय को सहभागिता रहेको थियो ।

Leave a Reply