नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले अवरुद्ध सडक मर्मत गरी सञ्चालनमा ल्याएको छ । झण्डै ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर मोटरबाटो मर्मत गरी सञ्चालनमा ल्याएको वाईसीएल बेनी नगर कमिटीका अध्यक्ष नविन पौडेलले बताउनुभयो ।

वाईसीएल बेनपा–६,का वडा कमिटी सचिव दिपेश बानियाँको नेतृत्वमा भएको मर्मतमा नेकपा माओवादी केन्द्रबाट आगामी स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवार नगेन्द्र केसी सहितका यूवा नेताहरुको उपस्थिती रहेको थियो । अवरुद्ध सडक मर्मत नहुनाँ मोटरसाईकल सहितका साना सवारीसाधन समेत आवतजावतमा समस्या भएको थियो ।

त्यस्तै ठूला सवारीसाधन सञ्चालनमा समेत समस्या भएपछि स्थानीयले पटकपटक नगरपालिकामा समेत ध्यानार्कषण गराउँदा समेत सुनुवाई नभएपछि अस्थायी रुपमा मोटरसाईकल आवतजावत गर्न मिल्ने बनाइएको छ । स्थानीय यूवाहरुले थप बजेट सहितको सुनिश्चितताका लागि माग गरेका छन् । उक्त सडक अवरुद्ध हुदाँ थाकनपोखरीमा आवतजावत गर्न समस्या भएको थियो ।

Leave a Reply