नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको सहसचिवमा म्याग्दीका टेकबहादुर विक निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न भएको गण्डकी प्रदेशको निर्वाचनबाट मंगला गाउँपालिका बरंजा निवासी बिक निर्वाचित हुनुभएको हो । तत्कालिन माओवादी जनयूद्धमै सक्रिय भएर जिल्लाको राजनीतिमा रहनुभएका विक दलित अगुवा समेत हुनुहुन्छ ।

माओवादीको तर्फबाट मंगला गाउँपालिकाको आसन्न स्थानीय तहमा पालिका अध्यक्षको प्रत्यासीको चर्चामा समेत रहनुभएका बिक माओवादी केन्द्र म्याग्दीमा नेता समेत हुनुहुन्छ । अधिवेशनले २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन ।

Leave a Reply