झन्डै ३ वर्षदेखि आन्तरिक द्वन्द्वमा फँसेको निर्माण ब्यवसायी म्याग्दीको विवाद अन्त्य भएको छ । १० औं जिल्ला अधिवेशनबाट दुई समुहमा विभाजित भएर समानान्तर समिति बनाएका संस्थापन र असन्तुष्ट पक्षको शुत्रबार बेनीमा भएको छलफलमा सहकार्य र एकताबाटै गतिविधिलाई अगाडी बढाउने सहमति भएको हो ।

छलफलमा आगामी चैत्र ११ र १२ गते तोकिएको ११ औ जिल्ला अधिवेशनलाई साझा अधिवेशन बनाउने, फागुन २५ गतेभित्र नविकरण गर्ने तथा नयाँ सदस्यता वितरण गर्ने, दुई पक्षमा विभाजन भएर गरिएका गतिविधि अन्त्य गर्ने जस्ता विभिन्न विषयमा सहमति भएको निर्माण ब्यवसायी रविन्द्र कार्कीले बताए ।

उनले यसअगाडीका असहमति र गतिविधिमा दुबै पक्षले खुलेर राखेकाले अब म्याग्दीका निर्माण ब्यवसायीमा कुनै विवाद नभएको बताए । निर्माण ब्यवसायी बिचको विवादका कारण जिल्लामा हुने विकास निर्माणका गतिविधि, ठेक्का प्रक्रियामा समेत असर गरेको थियो । ‘अब निर्माण ब्यवसायी संघले नयाँ जीवन पाउने छ,‘हामीले सहमतिबाटै सबै काम गर्ने साझा प्रतिबद्धता गरेका छौ’ संघका संस्थापन पक्षका निरोज भण्डारीले भने ।

Advertisement

उनले निर्माण ब्यवसायी बिचको विवादले ब्यवसायीलाई नै असर गरेको अवस्थामा आजको छलफलबाट सबै उत्साहित रहेको बताए । संस्थापन पक्षले तोकेको निर्वाचनको मितिमा असन्तुष्ट पक्षले समेत सहमति जनाएपछि लामो समयदेखिको विवाद समाधान भएको संघका अध्यक्ष नारायण जिसीले बताए ।

छलफलमा गोपाल भट्टचनको अध्यक्षतामा रहेको समितिको तर्फबाट संघका पूर्व अध्यक्ष एकेन्द्र रावल, कृष्णकुमार शेरचनका साथै सल्लाहकार कृष्णकुमार विश्वकर्मा, भरतप्रसाद उपाध्याय र संस्थापन पक्षबाट अध्यक्ष जिसी, निरोज भण्डारी, प्रविण शाही लगायत निर्माण ब्यवसायीको उपस्थिती रहेको थियो । दुवै पक्षविच विवाद मिलाउन निर्माण ब्यवसायीले नै दवाव दिएका थिए । यसैबीच सहमतिबाट विवाद टुंगिएपछि निर्माण ब्यवसायीले जिल्ला तथा महासंघको अधिवेशनको तयारीमा जुट्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Leave a Reply