सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा सार्वजनिक खरिदसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक खरिद नियमावलीको विषयमा स्पष्ट पार्नका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सार्वजनिक खरिद नियमावलीको विषयमा देखिएका समस्या र समाधानका उपायहरु, म्याग्दी जिल्लामा देखिएका समस्या तथा चुनौतीलगायत प्राविधिक विषयहरुमा अन्तत्र्रिmया तथा छलफल गरिएको थियो । कार्यक्रममाथि सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रमुख कुमारप्रसाद घिमिरे, निर्देशक सुवासचन्द्र सिवाकोटी र कोष तथा लेखा नियन्त्रका कार्यालय म्याग्दीका निमित्त प्रमुख युक्तप्रसाद शर्माले सहजीकरण गरेका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै निर्देशक सिवाकोटीले सूचना आम सर्वसाधारण तथा सेवाग्राहीहरुका लागि चासोको विषय भएको हुँदा सूचना जारी गर्दा पूर्ण रुपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । उक्त कार्यक्रममा कोष तथा लेखा नियन्त्रक म्याग्दीका निमित्त प्रमुख शर्माले सार्वजनिक खरिद नियमावलीको विषयमा म्याग्दी जिल्लामा देखिएका समस्याहरु तथा चुनौतीमाथि सहजीकरण गरेका थिए ।

तोकिएको समयमा सार्वजनिक खरिद प्रक्रियालाई उपलब्धिमूलक, गुणस्तरीय र पारदर्शी बनाउने विषयमा छलफल तथा अन्तत्र्रिया गरिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालय प्रमुख घिमिरेले विकास, निर्माण तथा खरिद प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउनका लागि सार्वजनिक खरिदलाई बिकृतिरहित बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, म्याग्दी जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख, निर्माण व्यवसायी तथा जिल्लामा क्रियाशील पत्रकारको सहभागिता रहेको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षता रहेको अन्तत्र्रिmया कार्यक्रमको सञ्चालन कोष तथा लेखा नियन्त्रक प्रमुख शर्माको सञ्चालन र सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक शिवाकोटीले स्वागतसहित कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

Leave a Reply