धवलागिरि गाउँपालिका-२, लुलाङको लघुजलविद्युत् परियोजना ६ महिनापछि सुचारु भएको छ । पहिराले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मतपछि सूचारु भएको हो । भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

परियोजना पुननिर्मााण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत १० लाख गरी २२ लाख रुपियाँ प्राप्त भएको परियोजना पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले बताउनुभयो ।

गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो । मर्मतपछि परीक्षण गरिएकोमा सफल भएको अध्यक्ष पाईजाले बताउनुभयो । बत्ति बलेपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुनमगरले बताउनुभयो ।

विद्युत सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल,फर्निचर उद्योगका साथै विद्यार्थीको पठनपाठनमा समेत सहज भएको छ । अन्धकारमय बनेपछि सोलार र टुकीका भरमा बसेका स्थानीय उत्साहित भएका छन् । २०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ८५ लाख ९७ हजार,जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एककरोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।

लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका थिए । विद्यार्थीलाई पठनपाठनमा समस्या भएको थियो । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।

गाउँपालिकाको रु ५० लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८६ लाख तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो । बाढीले रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । परियोजना पुनःनिर्माणका लागि गाउँपालिकाले रु १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रु १० लाख विनियोजन गरेको थियो । मर्मतपछिको अवस्थाको गाउँपालिका अध्यक्ष थमसरा पुन सहितको टोलीले निरिक्षण समेत गर्नुभएको छ ।

Leave a Reply