नेकपा एमाले बेनी नगर कमिटिले नेता तथा कार्यकर्तालाई एकदिने नेतृत्व क्षमताको विकास सम्बन्धित तालिमको आयोजना गरेको छ । एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य राम बहादुर रावतले प्रशिक्षण दिएका थिए ।

नेता तथा कार्यकर्ताको नेतृत्व तथा ब्यक्तित्व विकास, पार्टीको चुनावी रणनीति, वर्तमान राजनैतिक अवस्था,चरित्रवान कार्यकर्ता उत्पादन, नेकपा एमालेको संकल्प लगायतका बिषयमा प्रशिक्षण दिए । उनले सफल नेतृत्व सधैँ जिम्मेवार हुने बताउँदै त्यसैले, जिम्मेवारी वहन गर्न सक्ने क्षमता पनि नेतृत्व विकासको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा बेनी नगरपालिकाका १० वटै वडाबाट वडा कमिटि अध्यक्ष, सचिव लगाएत करिव ४० जना नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको नगर कमिटी अध्यक्ष नारायण जिसीले बताए । ‘अब स्थानीय तहको निर्वाचनको रफ्तारमा छौ,‘वडामा फर्किएर पार्टीको गतिविधिमा केन्द्रित हुन्छौ’ जिसीले भने ।

उनका अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीति निर्माण तथा कार्यकर्ता परिचालन सम्बन्धि प्रशिक्षणले उर्जा थपिएको बताए । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य प्रमोद श्रेष्ठ, जिल्ला सचिव सुरज केसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष रावलको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रम नगर कमिटि अध्यक्ष जिसीको अध्यक्षता र सचिव सुवास बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो

Leave a Reply