नेपाल धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई रु. १ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई ‘गरिमा डिबेन्चर २०८५’ निष्कासनको अनुमति दिएको हो।

यो अनुमतिसँगै अब बैंकले रु. १ हजार अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। गरिमाको यो ऋणपत्र ७ वर्षे हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्। Source: www.bizshala.com

Leave a Reply