शीरमा लाउने टोपी देखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लाग्यो अब !
हरमा लाउने एउटै चिज त्यो नेपालीपन भा’ को
हरे कठै त्यहि पनि चाइना बाटै आ ‘ को !
छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो जनै बनिबनाउ बनि ।
खुस्स छिर्यो पसलमा पैसा तिर्यो पायो
सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो ।
जमना नि कस्ता अाए खाेज्नि छिटो सस्तो
साेच्दैनन् खै किन हाेला हो त्यो सामान कस्तो !
फालिएका थोत्रा पेलि त्यसको धागो बनाइ
त्यहि धागोलाई गाँठो पारि बनाएको जनै
न त धोएको,मन्तरेको,न गरेको केहि
पसलबाट किनि लाउदा आज जनै त्यहि ।
सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ती जनै लाउदा चाइनिज लुतो आउला !
जसरि नि पैसै पार्ने ब्यापारीको धर्म
काे छुट्याउने हरे कठै कर्म र कुकर्म!
के चाँहि बिक्छ नेपालमा अध्यन गरि- गरि
पठाएकै छ चाइनिज सामान उसले बजार भरि ।
राेग देखि भोग सम्मका उसकै सामान सबै
उहि फैलाउछ राेग पहिला अनि बेच्छ दबाइ!
शराद लाउला तिथि आउला पण्डित कहांँ पाउला?
गराइ दिन्छु शराद भन्दै चाइनिज पण्डित आउला ।
अरु भन्दा सस्तो छिटो गराई दिन्छु भनि
आउन मात्रै बाँकी रहयो चाइनिज पण्डित बनि ।
सँंस्कृतका ती मन्त्रलाइ चाइनिजमा ढाली
अरु सबै भरि त्यहाँ छाडि नाम खालि ।
मन्त्र भरेका मोबाइल बोकी पण्डित जस्तै गरि
आउछन् होला चाइनिज पण्डित अब बजार भरि ।
जनै उसको चल्ने भए सि चलाउ पण्डित पनि
छिटै गर्ला शराद पनि च्याङ्ग -च्याङ्ग चुङ्ग- चुङ्ग भनि ।
अर्जुन राज पन्त ,बाग्लुङ मुलपानी,हाल टेक्सास अमेरिका
(कवि पन्त नेपाली साहित्यको पहिलो ब्यङग्यकाब्य “काेइली “का समेत लेखक हुन)