बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीकी तारा उत्कृष्ट आठबाट उत्कृष्ट चारमा पर्न सफल भएकी हुन् । शुक्रबार भएको सेमिफाइनलमा टिम राजुबाट बागलुङकी तारा ग्राण्ड फिनालेमा प्रवेश गरेकी छिन् ।
सेमिफाइनलमा आफ्नो कला र संस्कृतिको संरक्षण गर्ने भन्दै शुक्रबार ताराले खड्ग गर्वुजाको ‘पानी खायो बाघैले’ भन्नेसालैजो गीत गाएकी थिईन् । उनी सेमिफाइनलमा ओपो परफर्मर डे बन्दै सिभिल बैँकको तर्फबाट ३० हजार रुपैयाँ प्राप्त गरेकी थिईन् ।
अब ताराले उपाधि जित्नको लागि अन्य तीन प्रतियोगीसँग प्रतिस्पर्धा गर्नुपर्छ । उनले फाइनल जित्नको लागि दर्शकको भोट महत्वपूर्ण हुने छ । उनको भोटिङ कोड १२ रहेको छ ।
यस्तै टीम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनमा प्रवेश गरेका छन् ।
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत छ ।
आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।