पर्वत जिल्लाको जलजला गाउँपालिकालाई एक एमबीबीएसका विद्यार्थीले दश लाख बराबरको स्वास्थ्य सामग्री जुटाएर सहयोग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौमा एमबीबीएसमा अध्ययनरत राजेश शर्मा पौडेलको पहलमा दश लाख बराबरको स्वास्थ्य सामग्री मिलनचोकस्थित कृष्णगंगा बहुउदेश्यीय सहकारीका प्रबन्धक ओमप्रसाद शर्मामार्फत गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’लाई हस्तान्तरण गरिएको छ ।

८ थान अक्सिजन कन्सेन्ट्रेटर, पीपीई सेट, माक्स र सेनिटाईजर लगायत करीब १० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हस्तान्तरण कार्यमा संलग्न ओमप्रसाद शर्माले बताए ।पौडेल जलजला गाउँपालिका– ७ धाइरिङ, लामाबगरका स्थानीय हुन् ।

उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एमबीबीएसमा अध्ययनरत छन् गाउँपालिकाका अध्यक्ष मल्लले यसअघि नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीमार्फत झण्डै २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग ल्याएका थिए ।

अध्यक्ष मल्लले उक्त सहयोगले उपचारमा निकै सहज हुने भन्दै स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउने संस्था र सहयोग जुटाएर पठाउने तथा गाउँपालिकामा समन्वय गर्ने ओम शर्मा पौडेललाई समेत धन्यवाद दिएका छन् । मल्लले विभिन्न समयमा स्वास्थ्य सामग्री र अन्य सहयोगहरू गर्ने संघ संस्था, व्यक्तिलगायत सबैलाई धन्यावाद दिएका छन् ।

Leave a Reply