कोभिड-१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्युकरमाइकोसिस)को संक्रमण अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै ध्यान पुर्‍याउनुपर्छ ।

प्रारम्भिक लक्षण

– अनुहार, मुख, नाक आँखावरिपरि दुख्ने ।
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।
– नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने ।
– ज्वरो आउने ।
– आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।
– दाँत दुख्ने वा हल्लिने ।

कस्ता व्यक्ति बढी जोखिममा ?

– ४५ देखि ६५ वर्ष उमेर समूह ।
– डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू ।
– धेरैखाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू ।

रोकथामका उपायहरू

– सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने ।
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने ।
– घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।
– धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने ।
– नुनिलो पानीले नाक सफा गर्ने ।
– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ।
– जथाभावी स्टोरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने ।
– सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।
– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने ।
– कालो ढुसी संक्रमण कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा सर्दैन ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Leave a Reply