शुक्रबार ११ नयाँ संक्रमति थपिदाँ ६३ जनाले कोरोनालाई परास्त गरे

म्याग्दीमा कोरोना संक्रमतिको संख्या ह्वात्तै घटेको छ। शुक्रबार कोरोना महामारीको दोस्रो लहर यताकै सबैभन्दा कम ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमति हुनेमा मंगला गाँउपालिकामा ६ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका १ जना, मालिका गाँउपालिकामा १ जना, धौलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले जानकारी दिनुभयो ।

शुक्रबार ६३ जनाले कोरोनालाई परास्त गरी आइसोलेसन मुक्त हुनु भएको सूचना अधिकृत सुबेदीको भनाई छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८५७जना पुगेको छ(पिसिआरबाट १४४५ जना र एन्टिजेनबाट ४१२ )। जिल्लामा ५०१ जना सक्रिय संक्रमित हुनुहुन्छ। अब २४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।