गएरातीदेखि परेको परेको वर्षाका उत्तरी म्याग्दी हुदै बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ। लगातार वर्षा भएकाले पानीको सतह बढेसँगै अन्नपूर्ण गाउँपालिका वडा नं २ भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण बगाएको छ ।
कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि उत्तरी क्षेत्रमा रहेका सहायक खोला र झरानामा समेत बाहब बढेपछि नदी संरक्षणमा प्रयोग भएको मिक्चर सहितको उपकरण बगाएको हो।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक र बस्ती संरक्षणका लागि सुरु भएको नदी नियन्त्रण योजना ठेकेदारको लापरबाहीले ढिलासुस्तीले समयमै काम सुरु नहुदाँ थप जोखिममा परेको छ ।
बेनी-जोमसोम–कोरला सडक आयोजनाले ठेक्का दिएका शर्मा–युनाइटेड जेभीले दुई सय मिटर भन्दा बढी पक्कि पर्खाल निर्माणमा ढिलासुस्ती गरेको थियो ।
बर्खा अगावै नदी किनारमा पक्कि पर्खाल निर्माण गर्न स्थानीयले ताकेता परेपनि बेवास्ता गरिएबे थियो । त्यस्तै बिहिबारको बाढीले पर्वतको जलजला गाँउपालिकाको बौर जोड्ने सडक समेत बगाएको छ ।
पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रमा सर्तकता अपनाउन अनुरोध गरेको छ। गण्डकी प्रदेश अन्तरगत पर्ने म्याग्दी सहितका जिल्लामा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।
यसैबीच पश्चिम म्याग्दी हुदै बग्ने म्याग्दी खोलाको सतह समेत बढेको छ । खोलामा पानीको बाहब बढेपछि मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणका लागि निर्माणधिन अवस्थामा रहेको संरचनामा असर गरेको वडा अध्यक्ष सन्तोष सुबेदीले जानकारी दिनुभयो ।
पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।