१० पटकसम्म चुचुरोमा नपुगी फर्किएका स्पेनका ८२ वर्षीय कार्लोस धौलागिरी हिमाल आरोहणमा
संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि ज्येष्ठ आरोही धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन् ।

यूरोपेली मुलुक स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया आरोहण दलसहित बेक्सक्याम्प पुगेका हुन्। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोसले आफ्नो यात्राका बारेमा युटुब च्यानलमा भिडियो अपलोड गर्दै जानकारी दिएका छन् ।

आईतवार धवलागिरी आधार शिविर पुगेका कार्लोसले विश्वभरका ज्येष्ठ नागरिकलाई नयाँ र अनौठो किर्तिमानी उपहार दिने बताएका छन् । ‘धौलागिरीको सफल आरोहणले मेरो किर्तीमानीलाई ठूलो बल पुग्छ,‘यसअगाडीका अफलतालाई अब पुरा गर्नेछु’ उनले भनेका छन् ।

दुई दशकयता १० औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् ।

सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका उनले धवलागिरी बाहेक तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

सितो र लुइस नाम गरेका उनका दुई स्पेनिस साथीहरु र शेर्पाहरु आरोहण दलमा रहेका छन् । तीन साताअघि स्पेनदेखि नेपाल आएका कार्लोसले दुई हप्ताको समय खुम्बु क्षेत्रमा ट्रेकिङ् गर्दै बिताएका थिए। त्यहाँबाट काठमाडौं फर्किएर गत साता उनी धवलागिर प्रस्थान गरेका हुन् ।  उनले धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका थिए ।

उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला चुम्न सफल भएका थिए । नेपाल, पाकिस्तान र चिनमा रहेका ८ हजार मिटर माथिका १४ हिमाल छोटो समयमा आरोहण गरी म्याग्दीमा निर्मल पूर्जाले किर्तिमानी कायम गरेका छन् ।

Leave a Reply