हिमाली जिल्ला मुस्ताङको जोमसोममा आइतबार २५ शैय्याको अस्पताल भवन शिलान्यास भएको छ। गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सो अस्पताल भवनको एक समारोहकाबीच शिलन्यास गरेकी हुन्।

मुस्ताङमा अस्पताल भवनको शिलान्यासका क्रममा मन्त्री पुनले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले समृद्धि ल्याउन चाहेका बताईन्। उनले हिमाली तथा दुर्गमका स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पदपूर्ति, स्वास्थ्य उपकरण र भौतिक पूर्वाधार निर्माणमा जोड दिन उल्लेख गरिन्।

मुस्ताङको जिल्ला अस्पताल भवन निर्माणको बजेट १२ करोड लागतको छ। अस्पताल भवनको निर्माण सम्झौता अवधि २ वर्षको रहेको अस्पतालका मेसु शिव भण्डारीले जानकारी दिए। भवन निर्माणको जिम्मा ईमोटल कन्ट्रक्सनले लिएको लिएको छ। यसअघि भवन संरचना निर्माणका लागि पूरानो संरचना भत्काई जग्गा सम्याईएको थियो।

यस्तै, मन्त्री पुनले सो अवसरमा जोमसोम अस्पतालमा सञ्चालनमा आएको ५५ लाख लागतको अक्सिजन प्लान्टको उद्घाटन गरिन्। जोमसोम अस्पतालमा गत वर्ष नै अक्सिजन प्लान्ट स्थापना भएको थियो। चालु वर्ष सो अक्सिजन प्लान्टबाट अस्पतालको २२ वटै बेडमा पाईपलाईन मार्फत अक्सिजन सर्कुलर गरिएको मेसु भण्डारीले जानकारी दिए।

Leave a Reply