बिहिबार काठमाण्डौको पशुपती आर्यघाटमा अपरिचितका शवमा दागबत्ती दिदैं गरेकी सपना रोका दुर्घटनामा परेको खवर सामाजिक सञ्जालमा देखियो ।

काठमाण्डौका सरकारी अस्पतालमा अलपत्र अवस्थामा रहेका पाँचवटा बेवारिसे शबलाई नेपाल प्रहरीसँग सहकार्य गरी अन्त्येष्टीका लागि पशुपतिमा रहेकी रोका मगरलाई साथी र आफन्तको लगातार फोन आउन थाल्यो ।

विश्वभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा परेकी रोका मगरलाई गाउँ र विदेशबाट समेत लगातार फोन आउन थालेपछि सामाजिक सञ्जाल हेर्दा आफ्नै श्रद्धाञ्जली देखेपछि छाँगाबाट खसेजस्तै भईन् ।

केही ब्यक्तिहरुको निशानामा रहेकी सपनालाई टिकटकमा समेत श्रद्धाञ्जली दिएको पाइएपछि शुभचिन्तकको फोनले शब ब्यवस्थापनको कार्यलाई रोखेर प्रतिक्रिया दिन समेत बाध्य भईन् ।

अप्रिल १ तारिखलाई विश्वभर ‘मूर्ख दिवस’को बाहनामा सपनालाई केही अपरिचित ब्यक्तिले मृत्युको शुभकामना दिएको भन्दै सामाजिक सञ्चालबाटै आभार प्रकट गरिन् ।

‘जिवनको अन्तिम सत्यसँग खेल्न थालेको धेरै भयो,‘बेवारिसेको मृत्युलाई नजिकबाट हेरेकी छु’ उनले भनिन्। अप्रिल फुल मनाउने बहानामा अनु श्रेष्ठले आफ्नो टिकटक एकाउण्टमा रोका बारेमा भ्रम फैलाउने दुईवटा पोष्ट गरेकी छन् ।

अप्रिल फुलको नाममा अनावश्यक तनाव दिएपनि अनु श्रेष्ठ मानसिक रुपमा कमजोर र परिचालित भएको हुनसक्ने भन्दै रोकाले मृत्युलाई मनोरञ्जनको माध्यम बनाउनेहरुका लागि अझै समाजमा प्रेरणादायी काम गरेर देखाउने बताईन् । ‘जसको आफन्त छैन्, उनीहरुको आफन्त बनेर अन्तिम संस्कारसम्म पुग्ने गरेको छु’ रोकाले भनिन् ।

अप्रिल फुलमा रमाइलो मनाउने बाहनामा पछिल्लो समय जिवित मान्छेलाई मृत्यु भएको भन्दै कानुनी उपचारको खोज्ने रोकाका शुभचिन्तकले प्रतिक्रिया दिएका छन् । सपनाको सफलताबाट त्रसित भएकाले विभिन्न बाहनामा डिजिटल प्रविधिको प्रयोग गरी प्रहार गरेका छन् ।

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले यसबर्ष तयार पारेको विश्वभरका १०० महिलाको सूचीमा परेपछि चरित्र हत्या गर्ने एउटा गिरोह नै सक्रिय रहेको अवस्थामा रोकालाई अप्रिल १ मा समेत निशाना साधिएको छ ।

अप्रिल १ को नाममा सामान्य मनोरञ्जन गर्नुपर्नेमा पछिल्लो समय गलत संस्कार मौलाएको छ । म्याग्दीको सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा समेत यसबर्ष अप्रिल १ को नाममा ब्यक्तिगत मनोरञ्जन गदैं सामाजिक सञ्जालमा देखिनु सामान्य भएपनि दुर्घटना भएको भन्दै सामाजिक सञ्जालमा त्रास फैलाउने माध्यम बनेको छ ।

 

Leave a Reply