जन्मदा वित्तिकै नाइटोको प्वालबाट आन्द्रा बाहिर निस्केको एक नवजात शिशुको उपचारका लागि आर्थिक अभाव भएको छ । बेनी नगरपालिका-९, कारिगाउँका भविन र दिपा किसानको छोरीको आन्द्रा बाहिर निकिस्एपछि पोखराको जेएसी हस्पिटलमा शल्यक्रिया गरिएपनि आर्थिक अभावका कारण थप उपचारका लागि काठमाण्डौ लैजान समस्या भएको छ ।

गएको पुस २९ गते हस्पिटलमा जटिल अवस्थामा जन्मिएकी शिशुको उपचारमा हालसम्म २ लाखको हाराहारीमा खर्च भएको भविन किसानले बताए । ‘छोरीको उपचारमा धेरै खर्च लाग्छ, पोखरामा उपचार सम्भव नभएकाले अब काठमाण्डौ जानुपर्छ’ किसानले बेनीअनलाइनलाई भने ।

उनले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरेको बताए । ‘पहिलो सन्तानलाई जोगाउन हाम्रो आर्थिक अवस्थाले सम्भव छैन्,‘सानो–सानो सहयोगबाट मात्रै छोरीको उपचार सम्भव छ’ किसानले भने । हस्टिलको आइसियुमा उपचार भइरहेको छ ।

सम्पर्क नं 9825139403 भबिन किसान !

Leave a Reply