नेपाल औषधि व्यवसायी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा अमर पाण्डे सर्वसम्मत चुनिएका छन् । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न औषधि व्यवसायीहरुको भेलाले पाण्डेको अध्यक्षतामा अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णबहादुर तिलिजा, महासचिव थमन गौतम, कोषाध्यक्ष कुमार बानियाँ, सचिव शिवप्रसाद पाण्डे, उप–कोषाध्यक्ष विजय अधिकारी छन् ।

समितिको सदस्यमा यामनाराण चपाई, प्रयासनारायण भारी, सविन चौधरी र सल्लाहकारमा सुनिता श्रेष्ठ सर्वसम्मति चयन गरेको कोषाध्यक्ष कुमार बानियाँले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष पाण्डेले जिल्लाका औषधि व्यवसायीको हकहित संरक्षण गर्दै आइपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

अधिवेशनको अवसरमा औषधी ब्यवसायी संघका केन्द्रिय उप–कोषाध्यक्ष चिरञ्जीवि कुमार श्रेष्ठ, केन्द्रिय सदस्य भिमप्रसाद आचार्य, भुपति गुरूङ, धौलागिरीका अध्यक्षटेकनारायण केसी, बागलुङ शाखाका अध्यक्ष इन्द्र थापा लगायतको उपस्थिती रहेको थियो । म्याग्दीमा करिब ४५ औषधी पसल रहेका छन् भने केही विना दर्ता र कानुनी प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेका छन् ।

Leave a Reply