संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि पर्वतको जलजला गाउँपालिकाले थप ३ दिन बजार क्षेत्र बन्द गरेको छ । एक घर एक पिसिआर सहित संक्रमण फैलिन ठाउँमा उच्च सर्तकता अपनाइरहेको गाउँपालिकाले कात्तिक २६ गतेदेखि २८ गतेसम्म अत्यावसेक बाहेकको सेवा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘संक्रमणको जोखिम बढ्दो छ,‘थप सर्तकता अपनाउन अनुरोध गर्दछु’ मल्लले भने । म्याग्दीसँग सिमाना जोडिएको जलजलाको वारीबेनी लगायतका स्थानमा धमाधम कोरोनाका संक्रमति भेटिन थालेपछि बन्द लम्बाइएको गाउँपालिकाले जनाएको छ । मंगलबार गाउँपालिकाको वडा नं ९ मा ३ जनामा कोरोना पुष्टी भएको थियो । यसअगाडी म्याग्दीबाट समेत जलजलामा बस्ने, ब्यापार गर्नेहरुमा कोरोना देखिएकाले जलजलामा संक्रमण फैलिएपछि बेनीबजार समेत थप जोखिममा परेको छ ।

Leave a Reply