बेनी अस्पतालमा कर्यरत २७ बर्षकी एक नर्स, घर विदामा गएर फर्किएका जिल्ला प्रहरी कर्यालय म्याग्दीका २५ बर्षीय एक प्रहरी जवान र रघुगंगा हाइड्रवरका ४१, ५० र ५५ बर्षका ३ जना कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण भएकी स्वाथ्यकर्मी नर्स कन्ट्रक्याट ट्रेसिङ्गमा परे सँगै होम क्वारेन्टाइनमा बस्नु भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी जवान घरविदाबाट फर्किए लगत्तै प्रहरी कार्यालयको क्वारेन्टाइनमा बस्नु भएको थियो । हाइड्रो पावरमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिए लगत्तै बेनी अस्पतालको प्री आईसोलेशनमा राखेर उपचार गरीएको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो । म्याग्दीमा पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेको छ । यसभन्दा अगाडि पनि बेनी अस्पतालमा कार्यरत स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिए लगत्तै कन्ट्रक्याक्ट ट्रेसिङ्ग गरी कन्ट्रक्याक्ट ट्रेसिङ्गमा परेका बाहेक अन्य स्वाथ्यकर्मी मार्फत अस्पतालले सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी हाइड्रोपावरमा काम गर्ने कर्मचारीमा पनि यस भन्दा अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply