दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेकी बेनी नगरपालिका–७, मुस्लिम बस्तीकी ४० बर्षिया जमिल बेगमको उपचारमा साढे ४ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

नियमित डायलासिस गर्न आर्थिक क्षमता नभएपछि आयूर्वेदिक औषध सेवन गर्ने गरेको समाचार बेनीअनलाइनले प्रकाशित गरेपछि स्वदेश तथा विदेशबाट ४ लाख ६८ हजार २१० रुपैयाँ सङ्कलन भएको हो ।जमिल बेगम उपचार अभियानमार्फत संकलन भएको आर्थिकले उपचारमा सहज भएको पीडितका दाजु रहमद खाँ ले बताउनुभयो ।

‘उपचारमा केही सहज भएको छ,‘अहिलेसम्म र्सकलन भएको आर्थिक नियमित चेकजाँच र उपचारमै सकिएको छ,‘थप आर्थिक सहयोग जुटाउने अभियानमा छौ’ खाँ ले भन्नुभयो ।

आफ्नै हातले बनाएको जडिबुटी खुवाएको अवस्थामा पोखरामा पटकपटक चेकजाँचको क्रममा नियमित डायलासिस र प्रत्यारोपणका लागि आर्थिक जुटाउन चिकित्सकले सल्लाह दिएपछि जमिल बेगम बचाउ अभियानका संयोजक अन्जित खान सहितको टोलीले बेनीबजारमा समेत सहयोग जुटाएको थियो ।

बिरेन्द्रचोकमा ट्याक्कीमा कस्मेटिक ब्यवसाय गदैं आएकी बेगमले विगत एक बर्षयता दैनिक विहान, दिउँसो र बेलुकी जडिबुटी सेवन गर्ने गर्नुभएको छ ।

तीन छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षाका लागि ब्यापार गरी जोडेको पैसा उपचारमा सकिएपछि उपचारमा आर्थिक अभाव भएको थियो ।

यसैबीच आर्थिक सहयोग संकलनसँगै बेनी अस्पतालमा हप्तामा दुईपटक डायलासिस गरी मृगौला प्रत्यारोपणका लागि दाता खोज्ने पीडित परिवारको भनाई छ । बेगमलाई म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गरेको थियो ।

Leave a Reply