पुलबाट खस्दा चिनिया पर्यटक सख्त घाईते

म्याग्दी÷मुस्ताङ्ग सदरमुकाम जोमसोम स्थीत काठेपुलबाट खच्चडको धक्काले एकजना चिनियाँ नागरिक आज विहान साढे १० बजे कालीगण्डकी नदीमा खस्दा सख्त घाईते भएका छन् ।

सुजी क्वाङ नाम गरेको ३४ वर्षीय चिनीया पर्यटक एकजना साथी र एकजना गाइडको साथमा राउण्ड अन्नपूर्ण क्षेत्रमा पर्ने मुस्ताङमा घुम्न आएका थिए । कालीगण्डकीको किनारमा पर्ने सुन्दर दृश्यको तस्बीर खिचिरहेका क्वाङलाई घाँसको भारी बोकेर आइरहेको खच्चडले धक्का दिदा नदीमा झरेका थिए । कालीगण्डकी नदीको किनारमा खसेका क्वाङलाई प्रहरीको उद्धार टोलीले जिल्ला अस्पताल मुस्ताङ्गमा पुर् याइएको थियो । क्वाङको टाउकोमा गहिरो चोट लागेको जिल्ला अस्पताल मुस्ताङ्गले जनाएको छ । उनको टाउकोमा आठवटा टाका लगाइएको समेत जिल्ला अस्पतालले जनाबएको छ । कालीगण्की नदीमा रहेको उक्त पुलको छेउमा रहेको बारलाई अलिक अग्लो बनाएमा यस्ता घटना नदोहोरिने प्रेस चौतारि मुस्ताङ्गका अध्यक्ष तिलक बिकले जानाकारी दिएका छन् ।