पछिल्लो समय बजारमा राम्रो चलेको गित हो उकाली जाँदा । म्याग्दीको मंगला गाउँपालिका–२ रनवाङका सम्भोज मल्लाका गितहरु धेरै चले तर आम दर्शक श्रोताले गित मनपराए, नाम सुने तर मान्छे भने सँधै गुमनाम । शनिबार बिहान सम्भोजलाई फोन सम्पर्क गर्दा उहाँ रुखमा चडेर बाख्रालाइ घाँस काट्दै छु भन्ने जवाफ आयो ।

हाल गाउँको घरमा छ वटा बाख्रा पालेको बताउँने सम्भोजको रुचीको विषय भनेको गित संगित नै हो । शनिबार बिहान सम्म ६२ लाख भन्दा बढीले हेरी सकेका छन् मल्लको गित भने उहाँ बाख्रालाई घाँस परालमै व्यस्त हुनुहुन्छ ।

ग्रामिण भेकमा जन्मीएको कारण गाउँ घरको काममा बढि ब्यस्त हुने मल्लले २५ भन्दा बढी गितमा स्वर संगित दिनु भएको छ भने त्यत्तीकै संख्यामा गितहरु तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

१२ वर्ष अगाडी निकालेको गित गोरी सुनरे निकै चर्चीत बनेको थियो । डान्स रियालीटी सोहरुमा निकै रुचाइएको उक्त गित अधुरो प्रेमबाट निस्केको शब्द थियो ।

विद्यालय समयमा मनपराएकी युवतीले काले भन्दै ‘रिजेक्ट’ गरे पछि गोरी शब्दलाई उठाएर बनाएको गितले निकै राम्रो चर्चा चुमेको मल्लको अनुभव छ । काठमाडौं पुगेर गित बनाउँछु अनि फर्केर गाउँ आउँछु गित चल्यो चलेन थाहै नहुने मल्ल सुनाउनुहुन्छ ।

आज भन्दा १२ वर्ष अगाडीदेखि मल्लका गित अलि बढी चल्न थाले । उहाँले पहिलो एल्वम म्युजिक नेपालबाट बजारमा ल्याउनु भएको थियो भने पछिल्ला समय अरु म्युजिक कम्पनि मार्फत पनि आएका छन्।

मल्लको पछिल्लो समय निकै चलेको गित उकाली जाँदा एवम् अन्य गितहरु गोरी सुन रे, सुन एउटा कथा, बेनीको बजार, सेतो घोडा, साघुरियो चोली, काले भन गोरे भन, जब साँझ पर्छ, तिमि त्यसै त राम्री, भन्नेले के के भन्छ जस्ता गितहरु चलेका छन् ।

‘मेरा धेरै गितहरु चले तर म आफू भने गाउँघरमा पशुपालनमै व्यस्त हुने अवस्था आयो’ मल्लको अनुभव छ । नरसिंहबहादुर मल्ल र नरिसिंहको कोखबाट एक दाजु र एक दिदी पछि जन्मेका मल्ल परिवारको कान्छो सन्तान हुनुहुन्छ ।

साँस्कृतिक कार्यक्रम तथा कन्सर्टहरुमा चितवन लायतका मध्य तथा पूर्वी नेपालमाा मेरो तस्बीर कार्यक्रमको पोष्टरमा छापिने गरेको भन्ने साथीहरुले भन्छन् तर म भने त्यस क्षेत्रका कार्यक्रमहरुमा कमै मात्र जान्छु भन्नुहुन्छ मल्ल । कन्सर्टहरुमा मल्लको गितको वान्स मोर भन्नेहरु निकै हुन्छन् ।

थोरै मात्र कन्सर्ट एवम् लाइभ कार्यक्रममा सहभागी हुने मल्ल अहिले आफ्नो जन्म गाउँमै अफ्नी छोरी र बाबा आमा सँगै बाख्रा पालनमा लाग्नु भएको छ ।

मल्लको भनाइ छ –‘गित चल्यो, लाखौं करोडौंले सुन्नुभयो तर पनि कला क्षेत्रमा मात्रै लागेर टिकिएको भए म सँधै पुख्र्यौलि पेशामा लाग्ने थिएँ होला र ?’ तर पनि गित संगितको बजारलाई राम्रो सँग नियमन गर्न सक्ने हो भने कलाकारहरु कला मात्रै भनेर पनि बाँच्न सक्छन् – मल्लको कथन थियो ।

म्याग्दी आफैमा पनि लोक संगितको उर्वर भूमि हो भन्दा फरक नपर्ला । संगितका चर्चिकत साधक दिपक शर्मा, लोक गायक खड्ग गर्बुजा, नरवहादुर विसि, राजेन्द्र सापकोटा जस्ता कलाकारले पनि आ–आफ्नो क्षेत्रमा निकै चर्चा बटुल्नु भएको छ ।

Leave a Reply