बेनी नगरपालिका-९ काउँलेगौडामा करेन्ट लागेर बुधबार विहान एक महिलाको मृत्यु भएको छ । घर नजिकै फुल टिप्ने क्रममा करेन्ट लागेको स्थानीय २६ बर्षिया शिवा चोखालको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अचेत अवस्थामा भेटिएकी चोखालको उपचारका लागी बेनी ल्याउँदै गर्दा बेनी अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्लामा घर आसपासमा करेन्ट प्रवाह भई हरेक बर्ष घाईते र मृत्युका घटना रोकिएको छैन् । विद्युत प्राधिकरणमार्फत विस्तार गरिएका लाइन, बस्ती नजिकै राखिएका संरचनाबाट हरेक बर्ष दुर्घटना हुने गरेको छ।

Leave a Reply