जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाालाई कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको पिसिआर परीक्षणमा ढुङ्गाना सहित बडिगाड गाउँपालिका–६ का ३८ वर्षीय एक जना जनप्रतिनिधि लाई संक्रमण पुष्टि भएको हो ।

चितवनबाट पुगेर फर्किएका ढुंगानाको कन्ट्रयाक्ट टे«सिङमा परेपछि कोरोना परीक्षण गरिएको थियो । चितवनबाट बागलुङ फर्किएको दिनमै उनीसँग भेट भएका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएपछि ढुंगाना होम क्वारेन्टाइनमै बसिरहनुभएको थियो ।

यस्तै बडिगाड गाउँपालिकाका जनप्रतिनिधि क्वारेन्टाइन व्यवस्थापनमा संलग्न रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । पहिले देखि नै क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय उहाँलाई कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो । उहाँ पनि होम क्वारेन्टाइनमा बसिरहेको प्रमुख गुरौले जानकारी दिनुभयो ।

प्रमुख गुरौंले दुवै जना होम क्वारेन्टाइनमा रहेको बताउनुभयो । ‘अहिले दुवै जना होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ प्रमुख गुरौले भन्नुभयो–‘उहाँहरुलाई होम आइसोलेसनमा राख्ने की अस्पतालको आइसोलेसनमा लैजाने भन्ने बारेमा उहाँहरुसँग सम्पर्क भइरहेको छ ।’यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ । त्यसमध्य २ सय ४५ जना निको भएर घर फर्किएका छन्भने १ जनाको मृत्यु भएको छ ।

Leave a Reply