म्याग्दी जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई बेनीबजारमा राहत संकलन गरिएको छ । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दी र अनेरास्ववियू म्याग्दीको संयुक्त आयोजनामा सदरमुकाम बेनीमा सोमबार आयोजित राहत संकलन अभियानमा १ लाख ४ हजार ३९५ रुपैयाँ संकलन भएको यूवा संघका म्याग्दी सहसंयोजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

बेनीबजारमा संकलन गरिएको आर्थिकलाई जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितहरुलाई हस्तान्तरण गरिने जनाइएको छ । राहत संकलन अभियानमा बजार क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार प्रकट समेत गरेको छ । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षती पुगेको छ ।

Leave a Reply