अस्ट्रेलियामा रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका गायक केदार बरुवाल क्षेत्रीले नयाँ म्युजिक भिडियो ‘एक तर्फी’ सार्वजनिक गरेका छन् । लामो समय देखि अस्ट्रेलियामा रहेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक बरुवाल क्षेत्रीले आफ्नो सफ्ट सेण्टिमेण्टल भर्सनमा बजारमा ल्याएको म्यूजिक भिडियोमा माया टुटेर आफु थाकेको र हारिसकेको भाव व्यक्त गरेका छन्।

मायालुको सम्झनामा गाइएको मनछुने गीतमा स्वर, शब्द, संगीत स्वयम् गायक बरुवाल क्षेत्रीको रहेको छ। गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन्।म्युजिक भिडियोमा समेत स्वयम् गायक क्षेत्री फिचर्ड छन्। सन्तोष गुरुङको छायांकन, सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको गीतले यूवापुस्तालाई आर्कषित गर्ने अपेक्षा गरिएको छ ।

‘यो म्यूजिक भिडियोको राम्रो प्रतिक्रिया आएको छ,‘सल्लाहसुझावबाट थप नयाँ गीतमा सुधार गर्नेछु’ बरुवालले भने । म्यूजिक भिडियासँगै सामाजिक कार्यमा समेत सक्रिय रहेका बरुवालरियालीटी सो ‘चितवन आइडल २०७०’ को उपाधि बिजेता समेत हुन् ।

क्षेत्रीले ‘जब तिमी’ बोलको गीत मार्फत नेपाली सांगेतिक क्षेत्रमा पाइला राखेका हुन् । हालसम्म उनका ‘एक पल’, ‘मन छोडी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। स्वयम् गायक क्षेत्रीको यूटुव च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

Leave a Reply