लकडाउनको समयमा करिब एक महिना तनहुँ घरमा बसेर आएका बेनी नगरपालिका–७,मंगलाघाट बस्ने ट्याक्टर चालकको बेनी अस्पतालमा उपचारको क्रममा डेंगु पोजेटिभ देखियो । तनहुँबाट फर्किएपछि बिस्तारै कडा ज्वरो आउने, टाउको दुख्ने र कमजोर महसुस भएपछि अस्पतालमा उपचारका लागि पुगेका उनको यात्रा विवरण र उनको सम्पर्कका बारेमा जानकारी लिदाँ घरबाटै फर्किने बेलामा डेंगु संक्रमण भएको हुनसक्ने बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताउनुभयो ।‘लामखुट्टेले टोक्दा वित्तिकै लक्षण देखिदैन्,‘उहाँ केही दिनअघि बेनीमा आउनुभएको देखिन्छ’डा.बस्ताकोटीले भन्नुभयो । एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग भएकाले संक्रमितबाट अर्को ब्यक्तिमा सजिलै संक्रमण सर्ने सरुवा रोग भएकाले डेंगु पोजेटिभ देखिएकाको ट्राभल हिस्ट्री खोज्ने गरिएको डा.बस्ताकोटीको भनाई छ।

यसबर्ष बेनी नगरपालिकामा देखिएका ४ डेंगु संक्रमित मध्ये बेनीबजारको यूवा बाहेक अन्य तीनजनाको जिल्ला बाहिरको टा«भल हिस्ट्री नभएपनि बेनीबजारसम्म आएको देखिएको चिकित्सकको भनाई छ । बेनीबजारलाई डेंगु संक्रमणको जोखिम मानिन्छ । चिकित्सकले बेनीलाई म्याग्दीमा डेंगु रोग प्रवेश गर्ने गेटवे अर्थात प्रवेशद्धारको रुपमा समेत लिने गरेका छन् ।

त्यस्तै आइतबार नै देखिएका मंगला गाउँपालिका–१ भर्जुलाका २१ बर्षिय यूवा लकडाउनमा गाउँबाट बाहिर नगएको बताएसँगै गाउँमा डेंगु सार्ने लामखुट्टे सक्रिय रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘विहान–साँझ गाउँमा भेला हुने गरिन्छ,‘बजारजस्तै गाउँ पनि डेेंगुको उच्च जोखिममा छ’ डा. मनोज घिमिरेले भन्नुभयो ।

जिल्लाको ग्रामिण क्षेत्रमा देखिएका संक्रमितका बारेमा आवश्यक खोज भइरहेको उहाँको भनाई छ । डेंगु संक्रमितलाई धेरै दुखाइ हुने भएकाले ‘ब्रेक बोन फिभर’ पनि भनिन्छ । डेंगु चारप्रकारको हुन्छ । गतबर्ष र यसबर्ष संक्रमितको अवस्था हेर्दा नर्मल देखिएपछि बेनी अस्पतालमा टाईप विभाजन गर्ने उपकरण छैन् । १ र २ नर्मल र ३, ४ खतरा मानिन्छ ।

Leave a Reply