बागलुङ नगरपालिकाले बागलुङ हुँदै पैदल यात्रा मार्फत घर फर्कना थालेका ४१ यात्रुलाई यातायातको व्यवस्था गरी गन्तव्यमा पु¥याउने सुरु गरेको छ । नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा बागलुङका पश्चिम भेग तथा रुकुम र रोल्पाका मजदुरलाई एकीकृत रुपमा गन्तव्य तर्फ पठाएको बागलुङ नगरपालिकाका वरिष्ट योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।


मजदुरहरुलाई जिल्ला सिमाना सम्म पु¥याउनेका लागि अमर आदर्श माविले बसको उपलब्ध गराएको छ भने बागलुङ नगरपालिकाले इन्धन व्यवस्थापन गरेको सुवेदीले बताउनुभयो । बागलुङमा ५८ जना मजदुरको उद्धार गरेर आश्रम स्थलमा राखिएको थियो ।

सुवेदीका अनसार रोल्पाका २७, रुकुमका २, भिमगिठेका ३, खर्वाङको १, बुर्तिवाङ्गका ३, गल्कोटका ४, बिहुँका १ तथा दुई जना प्रहरी कर्मचारी बसमा सवार रहेका छन् । आश्रम स्थलमा काभ्रे, उद्यापुर तनहुँ, सिन्धुपालचोकका १७ जना मजदुरहरु रहेका छन् । उनीहरुलाई घर पु¥याउने वा आश्रममै राख्ने विषयमा टुङ्गो लागेको छैन ।

स्थानीय तहले यातायातको व्यवस्था गरी गन्तव्यमा पु¥याउन थाले पछि कोठामा बसेका मजदुर तथा अन्य व्यक्तिहरु समेत बाहिर आउने सम्भावना रहेकाले आगमी दिनमा विचार गर्नुपर्ने योजना तथा प्रशासकीय अधिकृत सुवेदीको भनाई छ । Source: khabarway.com

Leave a Reply