संगम घर्तीमगर/ कोरोना संक्रमणपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचाररत बानपा-३ गौडाकोटकी ६५ वर्षीया वृद्धा कोरोना मुक्त भएकी छिन् । चैत २० गते कोरोना पुष्टी भएपछि अस्पताल भर्ना हुनुभएको उहाँ आज शनिबार कोरोनामुक्त भएकी हन् ।

यस अघिको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार स्वाव पठाएर शनिबार दिउँसो भएको परिक्षणमा उनको चौथो रिपोर्ट पनि नेगेटिभ आएको हो । लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारीमा रहेका जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

उच्च रक्तचाप र दमको रोगी भए पनि उनले अन्य स्वास्थ्य समस्या देखिएको थिएन । चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी थिईन् । उनीसंगै आएकी बानपा—४ कुँडुलेकी १९ वर्षीया युवतीमा भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ ।

Leave a Reply