कोराना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका बागलुङले दुई वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र ५ हजार नगद जरिवाना गरिने भएको छ । मंगला गापा-५ अर्मन र ताराखोला–४ का जनप्रतिनिधि, सरोकारवाला निकायको उपस्थितीमा सिमानाबाट आवतजावत नरोकिएकाले नाका पूर्ण रुपमा सिल गर्न सहमत भएका छन्।

मंगलागापा–५ अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको उपस्थितीमा सम्पन्न भएको बैठकले पदैल र मोटरबाटोमा आवतजावत गर्न नदिने,निर्णयको अवज्ञा गरी लुकिछिपी हिड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, पाँच हजार जरिवाना वा दुवै जरिवाना गरिने मंगला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बेनीअनलाइनलाई बताए । निर्णयको अवज्ञा गर्नेको सूचना दिनेलाई समेत पुरस्कार दिइने र नाम गोप्य राखिने जनप्रतिनिधिले निर्णय गरेका छन् । बागलुङमा दुईजनालाई कोरोनाको संक्रमण देखिएपछि म्याग्दीका स्थानीय तहले बागलुङसँग सिमाना जोडिएका बस्तीहरुमा आवतजावत रोक्ने निर्णय गरेपनि कार्यान्वयनमा समस्या देखिएपछि सुरक्षाकर्मी सहितको टोली समेत परिचालन गरी निगरानी बढाइएको छ । बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरीको सिमाना बागलुङसँ जोडिएको छ ।

Leave a Reply