जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार विहान लकडाउन उल्लंघन गर्ने ३० जनालाई नियन्त्रणमा लिएको छ । विहानको समयमा मर्निङवाकको बहाना बनाएर लंकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई सम्झाएर छोडिएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले मुलुकभर लकडाउन गरेको अवस्थामा मर्निङवाकको बहाना बनाएर सडकमा निस्किएकाहरुलाई नियन्त्रणमा लिई धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा लगि अबदेखि घरमै बस्ने सर्तमा छोडिएको प्रहरी निरिक्षक रिजालले जानकारी दिनुभयो । उहाँले एक व्यक्ति पुनः पक्राउ गरेमा कानुन अनुसार सजाय हुने बताउनुभयो ।प्रहरीले उपल्लाचौर, रामरेखा, चिप्लेटि बसपार्क र बजार भित्रबाट नियन्त्रणमा लिइएको हो।ठुलो समुहमा बजारमा परिचालित भएका प्रहरीले सडकमा निस्केका सर्वसारणलाई नियन्त्रणमा लिने गरेको छ । आईतबार दिनभर बजार भित्रबाटछ ४५ जनालाई नियन्त्रणमा लिई छोडेको थियो ।

Leave a Reply