पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७, धारापानीमा ५ बेडको क्वारेन्टाइन बनाइएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन किसानी मावि धारापानीमा तत्कालालाई ५ बेडको क्वारेन्टाइन तयार पारेको गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।कोरोनाको संक्रमणको संभावित बिरामी राख्नका लागि हरेक वडाभित्रको बस्तीमा रहेका विद्यालयहरु तयारी अवस्थामा राखिएको अध्यक्ष पुनको भनाई छ । गाउँपालिकाले विदेशबाट मात्रै नभई देशकै कुनैपनि स्थानबाट आएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेसँगै वडास्तरमा सामुदायिक गस्ती सहितको अभियानलाई समेत तिब्रता दिएको छ ।

त्यस्तै गाउँमै कोरोनाको संक्रमणसँग मिल्ने समस्या देखिएमा तत्कालै क्वारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र आइतबारसाँझसम्म ७ वटै वडामा १८ जना रहेकोमा हरेक दिन थपिने गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित स्थानीय स्वयमसेवक समेत खटाइने छ । दरबाङ हुदै सडकमार्गबाट जाने भएकाले धारापानीलाई गाउँपालिकाको प्रवेशद्धार मानिन्छ भने छिमेकी देविस्थानबाट समेत आउने सजिलो मार्ग भएकाले धारापानीमा कुनैपनी नाकाबाट प्रवेशमा रोक लगाइएको छ ।

Leave a Reply