म्याग्दीका  एक यूवाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाममा सक्रिय स्वास्थ्यकर्मी,सुरक्षामा खटिएका र क्वारेन्टाइनमा बसेका बिरामीलाई सहयोग गरी जन्मदिन मनाएका छन् ।

बेनी नगरपालिका–२ ज्यामरुककोट गौस्वाँरा घर भई जिल्ला प्रशासन कार्यालयमा सवारीचालकको रुपमा कार्यरत आनन्द रिजालले फलफुल र अण्डा सहयोग गरेका हुन्।

बेनी अस्पतालमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको उपस्थितिमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई बिरामी,स्वास्थ्यकर्मी र सुरक्षामा खटिएका प्रहरी गरी ५० जनालाई पुग्ने गरी अण्डा र फलफुल हस्तान्तरण गरेका थिए । ‘यस्तो अवस्थामा जन्मदिन मनाउने कुनै योजना छैन्,‘स्वास्थ्यकर्मीको सम्मान र बिरामीलाई हैसला दिन जन्मदिनमै सहयोग गरेको छु’ रिजालले भने।

कोरोनाको जोखिमलाई समेत प्रवाह नगरी उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीसँगै सुरक्षामा खटिएका प्रहरीलाई उक्त सहयोग गरेका थिए । सहयोग हस्तान्तरणमा जन्मदिनमा फरक र उर्जा प्रदान गर्ने कार्यक्रम गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरिएको थियो । रिजालले नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ बराबरको सहयोग गरेका थिए ।

Leave a Reply