हिजोआज म्याग्दीका ग्रामिण क्षेत्रका यूवादेखि बृद्धबृद्धाले कोरोना भाइरसको संक्रमित पहिले बेनीमा आउने भन्दै सामान्य सावधानी समेत अपनाएको देखिदैन् । कोरोनाको त्राससँगै नेपालभित्रका विभिन्न जिल्लासँगै लर्को लगाएर गाउँ पसेका छन्। ठेलमठेल फर्किएका हजारौँको भीड ग्रामिण बस्तीमा प्रवेश गर्नेमा छिमेकी देश भारतका साथै तेस्रो मुलुकबाट फर्किएका समेत सबैजसो ग्रामिण क्षेत्रमै गएका छन्। बेनीबजार सहित जिल्लाका ठूलो ब्यापारिक केन्द्र, साना बजार सुनसान छ। मेलापात, घाँसदाउरा, सामुहिक छलफल, नाजगान, पैदलयात्रा लगायत विभिन्न दृष्यहरु गाउँमा छरपस्ट देखिन्छ।एक किसिमले गाउँको भिड देख्दा दशैंतिहारको बेलामा भन्दा पनि ठूलो छ। सामाजिक सञ्जालमा गाउँमा देखिएको भिडभाडको तस्वीरमात्रै होईन गाउँमा प्रभावकारी नदेखिएको गुनासो समेत देखिन्छ। कोरोनाको जोखिम सहरजस्तै गाउँमा पनि छ भन्दै सतर्कता अपनाउन अनुरोध गर्दा धेरैले एउटै किसिमको जवाफ दिने गरेका छन् ।

‘कोरोनाको प्रवेशद्धार बेनीबजार हो,‘त्यहाँ नआई हाम्रो गाउँमा पस्दैन,गाउँ सबैभन्दा सुरक्षित छ। ’हरेक बस्तीमा यस्तै किसिमको जवाफ आउँदा जनप्रतिनिधिले समेत कोरोनाको जोखिमसँग जुध्ने प्रभावकारी काम गर्न सकेका छैनन् ।सवारीसाधनको आगमन रोकिएपनि बस्तीहरुमा मोटरसाईकलमा आवतजावत गरेको दृष्य समेत देखिन्छ। विदेशबाट आएकाले समेत चेकजाँच गरेको, क्वारेन्टाइनमा बसेको भन्दै हिड्ने गरेका छन्। विहानै मास्क सहित आवश्यक सतर्कता अपनाउनुपर्ने साम्रागी समेत प्रयोग नगरी खेतबारीमा काम गर्ने, विदेशबाट आएकाहरु समेत खुलेआम हिड्ने गरेका छन्।

‘कोरोनाको त्रासले गाउँलेलाई छोएको देखिदैन्,‘सबै आफ्नै पारामा छन्’ बेनी नगरपालिका तोरीपानीका एक यूवाले भने। उनले विदेशबाट आएकाहरु समेत खुलेआम हिड्न थालेपछि थप जोखिम बढेको बताए।बेनी नगरपालिका सहित जिल्लाका सबै गाउँपालिकामा लकडाउनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन्।

ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीको पहुँच नहुदाँ सर्वसाधारणले सरकारी निर्देशनको पालना गर्न अटेरी गरेको स्थानीयकै गुनासो छ। अशिक्षित भन्दा निरक्षणले भन्दा साक्षर र विदेशबाट आएकाहरुले नै बजारमा नआई गाउँमा आउँदैन भन्ने भ्रम फैलाएकाले समेत गाउँमा लकडाउनको कार्यान्वनय कमजोर देखिएको छ।

सहरभन्दा गाउँ जोखिम
कोरोना भाइरसको संक्रमण फैलिएको छिमेकी राष्ट्र भारतदेखि तेस्रो मुलुकबाट धमाधम गाउँमा प्रवेश गरेका छन् ।विभिन्न देशबाट ट्रान्जिट हुदै आएकाहरु संक्रमणको उच्च जोखिममा हुन्छन्। विभिन्न देशका नागरिकसँगै एउटै जाहजमा आउँदा कुनै संक्रमित समेत यात्रा गरिरहेको छ भने भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छ । नेपालमा देखिएका नयाँ दुई संक्रमितहरु विदेशबाटै आएका हुन् ।

बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बजारभन्दा ग्रामिण अहिलेको अवस्थामा उच्च जोखिममा रहेको बताउँदै सर्तकर्ता अपनाउनुपर्ने बताए । ‘कोरोनाले सहरबजार, धनीगरिब भन्दैन्,सिधै संक्रमित गाउँमा पुगेको पनि हुनसक्छ’ डा. बस्ताकोटीले भने । उनले विदेशबाट फैलिएको रोग भएकाले समेत विदेशबाट आउनेहरु पहिलो जोखिममा रहेकाले सर्तकता अपनाउनु सबैभन्दा राम्रो हुने बताए। अस्पतालको फिवर क्लिनिकमा चेकजाँच गर्न आउनेले गाउँ सुरक्षित भएको बताउने गरेको चिकित्सकहरुको भनाई छ ।

जनचेतनाको अभावले ज्वरो, रुघाखोकी लागेको अवस्थामा समेत गाउँमै बस्ने समस्या देखिएको बताउँदै चिकित्सकले ग्रामिण क्षेत्रमा समेत सबै आफ्नै घरमा बस्नुपर्ने बताए ।गाउँमा संक्रमण फैलिए जुध्ने प्रभावकारी तयारी नभएकाले समेत सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।

स्वास्थ्य संस्थाहरूमा सामान्य उपकरणको अभाव, मान्छेको चापका तुलनामा क्वारेन्टाइन र आइसोलेसन बेड नपुग्ने भएकाले समेत हेल्चेक्राईले ठूलो क्षती हुने भन्दै ब्यक्तिगत सर्तकता अपनाउन चिकित्सकले जोड दिएका छन् ।

 

Leave a Reply