रघुगंगा गाउँपालिकाले एकदिनभित्रै विदेशबाट आएकाको विवरण संकलन गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) बिरुद्ध गाउँपालिकाले ८ वटै वडामा पछिल्लो १४ दिनभित्र विश्वका विभिन्न देशबाट आएकाको सूचना संकलनका लागी जनप्रतिनिधिलाई परिचालन गरेको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले बेनीअनलाइनलाई बताउनुभयो।

‘हामीले वडास्तरमा  प्याकेज बनाएर अभियान सञ्चालन गर्ने योजना बनाएका छौ,‘स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई समेत उपलब्ध गराउँछौ’ अध्यक्ष भण्डारीले भन्नुभयो।

उहाँले गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकीलाई एक सेट पीपीए, आर्यूवेदिक स्वास्थ्य केन्द्र, स्वास्थ्य संयोजकका साथै प्राथमिक स्वास्थ्य केन्द्रमा गरी २० वटा माग गरिएको बताउनुभयो । आज बेलुकीसम्म ल्याउने प्रयास भइरहेको छ।

गाउँपालिकाले कोरोना संग जुध्ने आवश्यक सम्पूर्ण शक्ती प्रयोग गर्ने अध्यक्ष भण्डारीको भनाई छ। उहाँले गाउँपालिकाभित्र तीनवटा विद्यालयमा आइसोलेसन कक्ष स्थापनाको तयारी भइरहेको बताउनुभयो । पाखापानीको अमर मावि, भगवतीको मुक्तिथाम माविका साथै पिप्ले र मौवाफाँट मध्ये एकलाई आइसोलेसन कक्ष बनाउने बताउनुभयो ।

गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गरी उपचारमा सहज ब्यवस्था मिलाउने अध्यक्ष भण्डारीको भनाई । यसैबीच गाउँपालिका भित्र विदेश नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

Leave a Reply